गण्डकी प्रदेशमा मन्त्रीपरिषद विस्तार, थप ६ जना मन्त्रीले लिए शपथ

news-details

गण्डकी प्रदेश सरकारले मन्त्रीपरिषद विस्तार गरेको छ । आज मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले थप ६ जना मन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद विस्तार गरेका हुन ।

विस्तारित मन्त्रीपरिषदका ६ जना मन्त्रीहरुले आजै गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन ।

नवनियुक्त मन्त्रीहरुमा नेपाली कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, मेषलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री र मणिभद्र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा शपथ लिएका छन् ।

यस्तै माओवादीबाट रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री र दीपक थापाले वन वातावरण तथा भूसंरक्षणमन्त्रीका रुपमा रुपमा शपथ लिएका छन् ।

यसअघि नै सामाजिक विकास मन्त्रीमा नियुक्त कांग्रसका कुमार खड्काले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका छन भने यसअघि माओवादीकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या, जसपाका हरिशरण आचार्यले ऊर्जा र स्वतन्त्र सांसद गुरुङले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

विस्तारित मन्त्रीपरिषदसँगै गण्डकी प्रदेश सरकारमा मन्त्रीपरिषद सदस्य ११ जना पुगेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया