लकडाउनले रोकिएको लामो दुरीको सवारी साधन सञ्चालनको तयारी

news-details

लामो दूरीका सार्वजनिक यातायात चल्न दिने बारे यातायात व्यवसायी र काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीबीच बैठक बस्न लागेको छ ।

बैठक १:०० बजे देखि सुरु हुने जिल्ला प्रशासन कार्यालयका काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

लामो दूरीका सार्वजनिक यातायात कुन मापदण्डमा चल्न दिने भन्ने विषयमा छलफल गर्न लागिएको उहाँले जानकारी दिनुभयो । लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने व्यावस्था यस अघि गरिएको थियो ।

यसै गरि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाई सकिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि साउन १० गते राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । साथै गृहमन्त्रालयले पनि लामोदूरीका यातायता सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरी सकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया