भाडा समायोजनको माग गर्दै यातायात व्यवसायी आन्दोलनमा, काठमाडौँको ट्राफिक अस्तव्यस्त
- साउन ७, २०७८
- 0
भाडा समायोजनको माग गर्दै काठमाडौँ उपत्यकाका यातायात व्यवसायी आन्दोलित भएका छन् । उनहरूले निकालेको र्यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
व्यवसायीले बिहीबार बिहान साना तथा ठूला सवारी साधनसहित र्याली गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । कार्यालय समयमा विरोध र्याली निकाल्दा थप जाम भएको थियो । व्यवसायीले चक्रपथमा सवारी र्याली निकालेका थिए ।
१० वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । साथै उनीहरुले कर्मचारीलाई कोरोना खोप उपलब्ध गराउनउनुपर्ने, कोरोना समयमा नवीकरण या जरिवाना छुटको माग राखेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा उक्त विरोध र्याली भएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







