एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने

news-details

पार्टीभित्रको आन्तरिक विषय र अन्य विविध विषयमा छलफल गर्न एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

ललितपुरको च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा तीन दिनदेखि सुरु भएको एमालेको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायत विषय कार्यसूची रहेका छन् ।

अध्यक्ष ओलीले असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरेका छन् । उनले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास आफू तत्पर रहेको बताए ।

पार्टी नीतिविपरीत नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोधेको एमालेले त्यसबारे जवाफ आएपछि निर्णय गर्ने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया