कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु
- साउन ५, २०७८
- 0
कक्षा १२ को परीक्षा साउन ३१ देखि सुरु हुने भएको छ ।
मंगलबार बसेको बोर्डको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि भौतिक रुपमा परीक्षा गर्ने अनुमति माग गर्दै बोर्डले मन्त्रालयमार्फत सीसीएमसीमा प्रस्ताव पुर्याएको थियो ।
सीसीएमसीको स्वीकृतिपछि परीक्षा भौतिक रुपमा हुनेछ । गत जेठमा तय गरेको परीक्षा कोभिड– १९को संक्रमण उच्च भएपछि स्थगित भएको थियो ।
बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको थियो । तर, यस वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको छ । होम सेन्टरमा हुने परीक्षामा सुरक्षा मापदण्डमा कडाइ गरिनेछ भने एक बेन्चमा एक परीक्षार्थी राखिने छ ।
कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् । परीक्षा साउनको अन्तिम दिन सुरु भएर भदौ ९ गते सकिने छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







