सिन्धुपाल्चोक र मनाङ विपद संकटग्रस्त क्षेत्र घोषणा
- साउन ४, २०७८
- 0
सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त क्षेत्र कायम राख्ने घोषणा गरेको हो।
‘विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक र मनाङलाई असोज मसान्तसम्म लागू हुने गरी विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







