उपत्यकामा ४७४ सहित देशभर थपिए २४४५ जना संक्रमित, एकैदिन १२५८ निको हुदा ३२ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४७४ सहित देशभर थप २४४५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख १८ हजार ४९४ जना पुगेको छ ।

७ हजार ८३३ जनामा पीसीआर परीक्षण गर्दा १६४२ र ३८३१ एन्टिजेन परीक्षणमा ८०३ जना गरी २४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३३०, ललितपुरका ५६ र भक्तपुरका ८८ जना गरी ४७४ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२५८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख ३३ हजार ३३२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९५८२ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया