बालुवाटारमा पार्टीको वैठक नराख्न प्रधानमन्त्री देउवालाई गगन थापाको अनुरोध

news-details

नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छन् ।

प्रधानमन्त्री देउवाले आफू सरकारी निवासमा सरेको भोलिपल्टै कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा बोलाएपछि त्यसको आलोचना भएको थियो ।

आज विहान सामाजिक सन्जालमार्फत नेता थापाले आफूहरुले पार्टीका कामहरु बालुवाटारबाट नगर्न अनुरोध गरेको र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको जनाएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया