उपत्यकामा ३३४ सहित देशभर थपिए १८०१ जना संक्रमित, एकैदिन १६६७ निको हुदा २३ को मृत्यु

news-details

पर्वत वि.क. /पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३३४ सहित देशभर थप १८०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख १६ हजार ४९ जना पुगेको छ ।

६ हजार ६२८ जनामा पीसीआर परीक्षण गर्दा १२२३ र ३००० एन्टिजेन परीक्षणमा ५७८ जना गरी १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २३४, ललितपुरका ६४ र भक्तपुरका ३६ जना गरी ३३४ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६६७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख ३२ हजार ७४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९५५० पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया