प्रदेश नम्बर २ मा माओवादीका २ मन्त्रीले लिए सपथ
- साउन २, २०७८
- 0
प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले सपथ लिएका छन् । शनिबार माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णले राज्यमन्त्रीको शपथ लिएका हुन् ।
मन्त्री साहलाई प्रदेश प्रमुख डा राजेश अहिराजले र राज्यमंत्री कर्णलाई मुख्यमंत्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई हटाएर कांग्रेस र माओवादीलाई सरकारमा सामेल गराएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







