लामो दूरीको यातायात खुलाउन सीसीएमसीद्वारा मन्त्रिपरिषदमा सिफारिस
- साउन २, २०७८
- 0
कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)ले लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।
संक्रमणको परिस्थिति हेरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई शर्तसहित खुलाउन हिजो शुक्रबार सुझावसहित सिफारिस गरिएको सीसीएमसीले जनाएको छ । संक्रमण बढ्ने परिस्थिति आए पुनः यातायात बन्द गर्न सकिने भए पनि तत्कालका लागि खुलाउन सिफारिस गरिएको सीसीएमसीको भनाइ छ ।
योसँगै अब बस्ने मन्त्रिपरिषद बैठकमा लामो दूरीको सार्वजनिक यातायात खुलाउनेबारे निर्णय हुन सक्ने अनुमान गरिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







