प्रदेश २ मा माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने
- साउन २, २०७८
- 0
प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ ।
माओवादी केन्द्रबाट भरत साह आन्तरिक मामिला तथा सञ्चार मन्त्री हुने निश्चित भएको छ । उहाँसँगै रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय माओवादी केन्द्रले गरेको छ ।
साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुने भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुनुहुन्छ ।
माओवादी केन्द्रलाई सरकारमा भित्र्याउन जसपाका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिइसक्नुभएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







