निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुनः सुरू गर्ने
- साउन १, २०७८
- 0
निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य साउन ४ गतेबाट पुनः सुचारु गर्ने जनाएको छ ।
शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै सार्वेच्च अदालतको असार २८ गतेको आदेश बमोजिम प्रतिनिधिसभा पुनर्स्थापना भएका कारण पूर्व घोषित मितिमा निर्वाचन नहुने भएकाले साउन ३ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यलाई सुचारु गरेको जनाएको हो ।
सर्वोच्च अदालतको असार २८ गतेको आदेश बमोजिम प्रतिनिधिसभा पुनर्स्थापना भएक कारण पूर्व घोषित मितिमा निर्वाचन नहुने भएकाले निर्वाचन कार्यालयहरुबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यलाई सूचारु गर्ने गरी आयोगबाट निर्णय भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेर पहिलो चरणमा कात्तिक २६ गते र दोस्रो चरणमा मंसिर ३ गते निर्वाचन मिति तोकेपछि आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य जेठ ९ गतेदेखि स्थगित गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








