उपत्यकामा ५४१ सहित देशभर थपिए २९३६ जना संक्रमित, एकैदिन १७७५ निको हुदा ४३ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५४१ सहित देशभर थप २९३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख १२ हजार ३७३ जना पुगेको छ ।

९ हजार ६१३ जनामा पीसीआर परीक्षण गर्दा २००६ र ४५६९ एन्टिजेन परीक्षणमा ९३० जना गरी २९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३४३, ललितपुरका १३६ र भक्तपुरका ६२ जना गरी ५४१ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १७७५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख २८ हजार २४३ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९५०६ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया