एमाले संसदीय दलको बैठक भोलि

news-details

नेकपा (एमाले) संसदीय दलको बैठक भोलि शुक्रबार बस्ने भएको छ ।

एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् कक्षमा बैठक बस्न थालेको हो ।

आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया