नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

news-details

प्रधानमन्त्री शेरबहादुर देउवाले आम नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशन समितिको बुधबार बसेको बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले कोभिड–१९ विरुद्धको लडाइँमा नागरिकको जीवन रक्षाका लागि बजेटको व्यवस्था र खोप उपलब्ध गराउन सरकारले प्राथमिकतासाथ काम गर्ने बताउनुभयो ।

बैठकमा  प्रधानमन्त्री देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिदै कोभिड–१९ विरुद्धका गतिविधि, सरकारको प्राथमिकताबारेमा दिनुभएको निर्देशनबारे गृहमन्त्री बालकृष्ण खाँणले सो जानकारी दिनुभएको हो ।

यसैबीच निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लाग्दै गएको छ । पछिल्लो समय सामाजिक दूरी तथा जनस्वास्थ्य पालनामा कमी आएको छ । राजनीतिक दल वा नागरिक समाजका नाममासमेत बिनामास्क, जनस्वास्थ्यका मापदण्डबिनै धर्ना, जुलुस भइरहेका छन् । केही दिन अघिसम्म सङ्क्रमण दर घटे पनि सङ्क्रमण फेरि बढ्दै गइरहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया