उपत्यकामा ४२५ सहित देशभर थपिए २९०५ जना संक्रमित, एकैदिन १६०६ निको हुदा १८ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४२५ सहित देशभर थप २९०५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ६ हजार ७६१ जना पुगेको छ ।

८ हजार १०८ जनामा पीसीआर परीक्षण गर्दा २०१० र ४९१६ एन्टिजेन परीक्षणमा ८९५ जना गरी २९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ४१०, ललितपुरका ९७ र भक्तपुरका ८० जना गरी ४२५ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६०६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख २४ हजार ७११ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९४३० पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया