नवनियुक्त प्रधानमन्त्री देउवासहित ४ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

news-details

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार राति ८ बजेपछि प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन ।

नवनियुक्त मन्त्रीहरुले मंगलबार साँझ नै राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिए ।

प्रधानमन्त्री देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पम्फा भूसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त गरेका हुन ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिति थियो । शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन ।

संवैधानिक इजलासको फैसला अनुसार राष्ट्रपति भण्डारीले कांग्रेस संसदीय दलका नेता देउवालाई मंगलबार नै प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । प्रतिनिधि सभाको दोस्रो ठूलो दल कांग्रेस संसदीय दलका नेता देउवा पाँचौ कार्यकाल प्रधानमन्त्री भएका हुन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया