उपत्यकामा ५८७ सहित देशभर थपिए २३९८ जना संक्रमित, एकैदिन २०७८ निको हुदा १२ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५८७ सहित देशभर थप २३९८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ७ लाख ३ हजार ८५६ जना पुगेको छ ।

७ हजार ५८ जनामा पीसीआर परीक्षण गर्दा १६३९ र ३९५४ एन्टिजेन परीक्षणमा ७५९ जना गरी २३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ४१०, ललितपुरका ९७ र भक्तपुरका ८० जना गरी ५८७ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २०७८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख २३ हजार १०५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९४१२ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया