जापानद्वारा नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा

news-details

जापान सरकारले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने भएको छ ।

काठमाडौंस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप प्राप्त हुने बताएको हो ।

यसअघि जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए । सोही खोपमध्येको १६ लाख डोज खोप नेपालले पाउन लागेको हो ।

उपलव्ध गराइने खोप सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डको पहिलो मात्र लगाएका नागरिकलाई लगाउन उपयुक्त हुने छ । उक्त एस्ट्राजेनेका खोप प्राप्त भएसँगै दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउन पाउने छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया