आज देउवाले प्रधानमन्त्रीको सपथ लिँदै, सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी
- असार २९, २०७८
- 0
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको सपथ लिनुहुने भएको छ । उहाँलाई राष्ट्रपति कार्यालयले आजै प्रधानमन्त्रीमा नियुक्ति गर्ने र लगत्तै शपथ गराउने तयारी थालेको बताइएको छ ।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनासँगै रिट निवेदक पक्षका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न समय तोकेरै परमादेश जारी गरेको थियो । जसअनुसार आज साँझ ५ बजेभित्र राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्रीमा नियुक्ति र शपथ गराइसक्नुपर्नेछ ।
पाचौँपटक प्रधानमन्त्री बन्न लाग्नुभएको देउवाले देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







