विपक्षि गठबन्धनबाट अलग रहने माधव नेपालको घोषणा, देउवाले भोलि सानो मन्त्रिपरिषद् विस्तार गर्ने

news-details

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षि गठबन्धनबाट अलग रहने घोषणा गरेका छन ।

संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि बसेको गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधव नेपालले यसको जानकारी गराएका हुन्।

अहिलेसम्म लोकतन्त्र र संविधानको रक्षाका लागि आफूले साथ दिएको र अहिले परिस्थिती फेरिएकाले गठबन्धनमा रहन नसक्ने जानकारी गराएको नेपाल पक्षीय नेता रघुजी पन्तले जानकारी दिए।

पार्टी एकता प्रक्रिया अघि बढेकाले अहिलेको अवस्थामा विपक्षी गठबन्धनमा रहन नसकिने पन्तले बताए। अब कसरी अघि बढ्ने भन्ने विषयमा पार्टीको एकतावद्ध निर्णयबाट गरिने उनले बताए।

नेता नेपालले शेरबहादुर देउवालाई सबैलाई समेटेर अघि बढ्न आग्रह गरेको पनि पन्तले जानकारी दिए।

यसैबीच विपक्षि गठबन्धनको बैठकले देउवा नेतृत्वको सरकारले भोली नै सानो मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ ।

कांग्रेस नेता बालकृष्ण खाँणका अनुसार भोलि सानो मन्त्रिपरिषद् विस्तार गरिने र त्यसपछि थप गर्दै लैजाने निर्णय भएको जानकारी दिएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया