बिर्तामोडमा अर्धनग्न अवस्थामा एक युवतीको शव फेला
- असार २८, २०७८
- 0
झापाको बिर्तामोडमा आज बिहान आफ्नै घर अगाडि अर्धनग्न अवस्थामा २५ बर्षिय युवतीको शव फेला परेको छ ।
बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर बस्ने २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।
सानिमाको घरमा स–परिवार बस्तै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
प्रहरी उपरीक्षक राकेश थापाका अनुसार उनी बिर्तामोडकै एक सहकारीमा काम गर्दै आएकी थिइन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राकेश थापाले जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







