सोमबार बस्ने गरी एमाले स्थायी कमिटी बैठक स्थगित
- असार २७, २०७८
- 0
नेकपा (एमाले) स्थायी कमिटी बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ ४ बजेका लागि बोलाइएको बैठक असार २८ गतेसम्मका लागि स्थगित भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
एमाले विवाद समाधानका लागि गठित कार्यदलका सहमति अनुमोदनका लागि बैठक बोलाइएको थियो । तर, सिंहदरवारमा जारी कार्यदल बैठकले सहमति घोषणा गर्न नसकेपछि स्थायी कमिटी बैठक नै रोकिएको हो ।
बिहान १० बजेदेखि सुरु भएको कार्यदल बैठक अझै चलिरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







