माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर
- असार २७, २०७८
- 0
निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गर्दै यसको खारेजीको गर्न अस्वीकार गरेको छ ।
अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन उपर निर्णय गर्न बसेको बैठकले माओवादी केन्द्रले संवैधानिक तथा कानूनी शर्त पूरा गरेको ठहर गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु सगुन शमशेर जबरा, जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त बैठकले आइतबार पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्णयसमेत गरेको हो ।
माओवादी केन्द्रबाट एमालेमा समाहित हुनुभएका नेताहरुको उपस्थितिमा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन दिनुभएको थियो ।
आयोगले भविसोर पराजुलीले आफू नेतृत्वमा नेकपा माओवादी केन्द्र रहेको दाबी गरेको भन्दै त्यस्तो दल दर्ता नभएकाले अन्य दलको लेटरप्याड प्रयोग नगर्नसमेत सचेत गराएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







