१५ यूरोपेली राष्ट्रले कोभिशिल्डलाई मान्यता दियो
- असार २६, २०७८
- 0
विश्व स्वास्थ्य संगठन (डब्ल्यु एच ओ)की प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले कोभिड–१९ बिरुद्धको कोभिशिल्ड खोपलाई यूरोपेली संघ अन्तगर्तको १५ राष्ट्रले मान्यता दिएको बताउनुभएको छ । बेलायतको आष्ट्राजेनेका बिकास गरेको कोभिशिल्ड खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो ।
संगठनकी प्रमुख वैज्ञानिक स्वामीनाथनले ट्वीट गर्दै यूरोपेली संघका १५ राष्ट्रले अब कोभिशिल्डलाई मान्यता दिएको खुलाउनुभएको छ ।
शुक्रबार बेल्जियमले कोभिशिल्ड खोप लगाएकालाई मान्यता दिने निर्णय गरेको थियो । उसले कोभिशिल्डलाई मान्यता दिदा कोभ्याक्समार्फत् सहुलियतमा खोप पाउन लागेका नेपाल, भुटान, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश लगायतका राष्ट्रका नागरिक पनि लाभान्वित हुने जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







