प्रधानमन्त्री ओली आज मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रमा जाने
- असार २६, २०७८
- 0
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रको निरीक्षणमा जाने भएका छन ।
शनिबार बिहान साढे १० बजे हेलिकप्टरबाट प्रधानमन्त्री सिन्धुपाल्चोक जाने कार्यक्रम छ । प्रधानमन्त्रीले क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्र लगायतका विभिन्न स्थानको हवाइ निरीक्षण गर्ने बताइएको छ ।
यस्तै प्रधानमन्त्रीले पीडितसहित जनप्रतिनिधि र स्थानीय प्रशासनका प्रतिनिधिसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।
असार १ गते आएको बाढी र पहिरोमा परेर सिन्धुपाल्चोकमा कम्तिमा २४ जनाको मृत्यु भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







