एमाले विवाद अन्त्य भएको नेताहरुको दाबी, शनिबार सहमतिको टुंगो लाग्ने

news-details

सत्तारुढ नेकपा एमालेको विवाद अन्त्य भएको नेताहरुले दाबी गरेका छन ।

शुक्रबार करिव ७ घण्टा सिंहदरवारस्थित अर्थ मन्त्रालयमा बसेको संयुक्त कार्यदलको बैठकले सहमति जुटाएको बताइएको छ । भाषिकलगायतका विषयमा मिलाउन मात्र बाँकी रहेको कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए ।

शनिबार पुनः बैठक बसेर टुंगो लगाइनेछ । ‘भाषिक परिमार्जनलगायतका विषयमा फेरि बस्नुपर्ने भएकाले भोलि छलफल गर्छौं,’ उनले भने ।

कार्यदल सदस्य गोकर्ण विष्टले पनि एकाधबाहेकका विषयमा सहमति भएको बताए । उनले भने, ‘आधा दर्जन विषयमा सहमति भएको छ, एकाध विषयमात्र बाँकी छ
भोलि सहमतिमा पुग्छौं ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया