सहकुल थापा एआईजी र कृष्णहरि पुस्कर सचिवमा बढुवा

news-details

सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा र सहसचिव कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले बढुवा समितिको सिफारिस अनुसार थापा र पुस्करलाई बढुवा गरेको हो ।

केही दिनअघि मात्र प्रहरीमा एआईजीको एक दरबन्दी थप गरिएको थियो ।

यस्तै बढुवा सिफारिस समितिले सचिवमा बढुवाका लागि ३ सहसचिवलाई सिफारिस गरेको थियो । जसमा पहिलो नम्मरमा पुस्करसँगै खगेन्द्रप्रसाद नेपाल र किरणराज शर्माको नाम सिफारिस भएको थियो ।

सचिवमा बढुवा भएका पुस्कर यसअघि पनि २ पटक सचिवको सिफारिसमा परिसकेका सहसचिव हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया