विश्व स्वास्थ्य सङ्गठनद्वारा कोरोनाको उपचारका लागि नयाँ औषधि सिफारिस
- असार २३, २०७८
- 0
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधि सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोनाभाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर सिफारिस गरिएको डब्लुचएओले जनाएको छ ।
औषधीसम्वन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोनाभाइरसविरुद्ध यो औषधी उपयोगी हुने निश्कर्ष निकालेको डब्लुएचओका अधिकारीहरुले बताएका छन् । डब्लुएचओले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययन मध्येको एक भएको जानकारी दिइएको थियो ।
“कोरोनाभाइरसका कारण गम्भीर अवस्थामा रहेका बिरामीलाइ पनि यसले सन्चो गराएको पाइएको छ, यसले विषेश गरेर प्रतिरक्षा शक्ति बढाउने काम गर्ने र यो धेरै प्रभावकारी भएको देखिएको छ,” डब्लुएचओका एक उच्च अधिकारीले पत्रकार सम्मेलनमा भने ।
-रासस/सिन्ह्वा
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







