माओवादी केन्द्र खारेजीको निवेदन लिएर पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग पुगे

news-details

पूर्व माओवादी नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

माओवादी केन्द्रको वैधानिकता समाप्त भइसकेको दाबी गर्दै माओवादी पृष्ठभूमिका एमाले नेताहरुले आयोगमा निवेदन दिएका हुन् ।

निवेदन दिन अधिवक्ता सरोज बुढाथाकीसँगै एमाले नेताद्वय लीलबहादुर थापा र रामचन्द्र मण्डल आयोग पुगेका थिए ।

माओवादी त्यागेर एमालेमा लागेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू शाह, गौरीशंकर चौधरीलगायतलाई माओवादी केन्द्रले कारवाही गरेपछि उनीहरुको सांसद पद नै गुमेको थियो ।

माओवादी केन्द्रको सातौँ महाधिवेशन २०६९ साल माघमा भएको थियो । राजनीतिक दल सम्बन्धी व्यवस्थामा पाँच वर्षभित्रै महाधिवेशन गरिसक्नुपर्ने प्रावधान छ ।

६ महिना म्याद थप्न मिल्ने प्रावधान बमोजिम पनि ७५ असार भित्रै भैसक्नुपर्ने महाधिवेशन अहिलेसम्म नभएकोले माओवादी केन्द्रको वैधानिकता स्वतः खारेज भएको दाबीसहित माओवादी छाडेका नेताहरुले आयोगमा निवेदन दिन लागेका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया