उपत्यकामा ४९९ सहित देशभर थपिए २६३४ जना संक्रमित, एकैदिन १५६५ निको हुदा १५ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४९९ सहित देशभर थप २६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ६ लाख ८७ हजार ९९५ जना पुगेको छ ।

७ हजार ५०३ जनामा पीसीआर परीक्षण गर्दा १७१८ र ५०८२ एन्टिजेन परीक्षणमा ९१६ जना गरी २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३६५, ललितपुरका १०५ र भक्तपुरका २९ जना गरी ४९९ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५६५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख १२ हजार ९९४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९२६३ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया