विवाद मिलाउन एमाले कार्यदलको बैठक आज पनि बस्दै
- असार २२, २०७८
- 0
नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यदल ब्युताउन सहमत भएपछि हिजो पनि नेताहरुबिच छलफल भएको थियो । कार्यदलमा संस्थापन पक्ष र माधव नेपाल–झलनाथ खनालको असन्तुष्ट पक्षका पाँच–पाँच जना सदस्य रहेका छन् ।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल हुनुहुन्छ भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त हुनुहुन्छ ।
गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो ।
प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सकिएलगत्तै एमाले कार्यदलले सहमतिको प्रयास तिव्र पारेको हो । सर्वोच्चको फैसला आउनु अघि नै पार्टी विवाद मिलाउन ओली पक्ष निकै लचक देखिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







