उपत्यकामा ५६२ सहित देशभर थपिए २६२२ जना संक्रमित, एकैदिन २२११ निको हुदा २३ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५६२ सहित देशभर थप २६२२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ६ लाख ८५ हजार ३६१ जना पुगेको छ ।

७ हजार ४९९ जनामा पीसीआर परीक्षण गर्दा १७४५ र ४०२८ एन्टिजेन परीक्षणमा ८७७ जना गरी २६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३७८, ललितपुरका १२४ र भक्तपुरका ६० जना गरी ५६२ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२११ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख ११ हजार ४२९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९२४८ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया