उपत्यकामा ४६१ सहित देशभर थपिए १६०३ जना संक्रमित, एकैदिन २५५२ निको हुदा २७ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४६१ सहित देशभर थप १६०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ६ लाख ८२ हजार ७३९ जना पुगेको छ ।

४ हजार ८७६ जनामा पीसीआर परीक्षण गर्दा १०४२ र ३२५६ एन्टिजेन परीक्षणमा ५६१ जना गरी १६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३४२, ललितपुरका ८८ र भक्तपुरका ३१ जना गरी ४६१ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५५२ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख ९ हजार २१८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९२२५ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया