रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको निधन

news-details

सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ ।

अध्यक्ष बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ७० वर्षीय बर्मा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगबाट पीडित थिए ।

पछिल्लो पटक सिकिस्त भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । अस्पतालको आईसीयूमा राखेर उपचार गर्दा गर्दै शनिबार राति उनको निधन भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया