उपत्यकामा ३७६ सहित देशभर थपिए २३२८ जना संक्रमित, एकैदिन ३०६६ निको हुदा १९ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३७६ सहित देशभर थप २३२८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ६ लाख ८१ हजार १३७ जना पुगेको छ ।

५ हजार ८३७ जनामा पीसीआर परीक्षण गर्दा १५२७ र ४२९६ एन्टिजेन परीक्षणमा ८०१ जना गरी २३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २४६, ललितपुरका ८१ र भक्तपुरका ४९ जना गरी ३७६ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३०६६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख ६ हजार ६६६ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९१९८ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया