उपत्यकामा ४१९ सहित देशभर थपिए २७६० जना संक्रमित, एकैदिन ४०१७ निको हुदा ३३ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४१९ सहित देशभर थप २७६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन दुवै विधिबाट कुल पोजेटिभ संख्या ६ लाख ७६ हजार ५०९ जना पुगेको छ ।

७ हजार १३० जनामा पीसीआर परीक्षण गर्दा १८५७ र ३८५५ एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३१६, ललितपुरका ७४ र भक्तपुरका २९ जना गरी ४१९ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४०१७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ६ लाख १४९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ९१४५ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया