काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी, प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै
- असार १३, २०७८
- 0
काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । यस विषयमा निर्णय गर्न आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ ।
कोरोनाको सङ्क्रमण केही कम भए पनि जोखिम उस्तै रहेकाले थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
उनले निषेधाज्ञा थप खुकुलो बनाउनेबारे पनि छलफल भइरहेको र यसबारे आजै निर्णय आउने जनाएका छन ।
श्रृंखलावद्ध रुपमा थपिएको निषेधाज्ञा गत हप्ताबाट खुकुलो पारिएको थियो । हाल प्रशासनले निजी सवारीसाधन र ट्याक्सीलाई जोर-विजोर प्रणालीमा चल्न दिइरहेको छ भने पसल तथा व्यवसाय बार अनुसार समय निर्धारण गरेर संचालन गर्न दिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







