महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बोलाउने एमाले स्थायी कमिटीको निर्णय

news-details

नेकपा एमालेको स्थायी कमिटी बैठकले आगामी असार १६ गते १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खर सम्पन्न एमाले स्थायी कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको बैठको मिति तय गर्ने निर्णय गरेको हो ।

बैठकले यही असार मसान्तभित्र सदस्यता नविकरणको कामसमेत सम्पन्न गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको नेकपा एमालेका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया