प्रधानमन्त्री ओलीद्वारा मन्त्रीहरुको जिम्मेवारी हेरफेर, कसलाई कुन मन्त्रालय ?

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन । ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैँसँग राखेर मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका हुन ।

यसैगरी, प्रधानमन्त्री ओलीले विष्णुप्रसाद पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, जलस्रोत तथा सिंचाई र गृहमन्त्रालयको जिम्मेवारी दिएका छन । त्यस्तै कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन ।

बसन्तकुमार नेम्वाङले कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालय र लिलानाथ श्रेष्ठले कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया