उपत्यकामा ३३५ सहित देशभर थपिए २४७४ संक्रमित, एकैदिन २५१८ निको हुदा २४ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३३५ सहित देशभर थप २४७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित कुल पोजेटिभ संख्या ६ लाख ५९ हजार ३६५ जना पुगेको छ ।

७ हजार २३५ जनामा पीसीआर परीक्षण गर्दा १५७७ र ४९९७ एन्टिजेन परीक्षणमा ८९७ जना गरी २४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २३४, ललितपुरका ६८ र भक्तपुरका ३३ जना गरी ३३५ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५१८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ७० हजार ९५८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८९१८ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया