उपत्यकामा ४९७ सहित देशभर थपिए २४२१ संक्रमित, एकैदिन ३५५८ निको हुदा ५२ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४९७ सहित देशभर थप २४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित कुल पोजेटिभ संख्या ६ लाख ५६ हजार ८३९ जना पुगेको छ ।

७ हजार ४६१ जनामा पीसीआर परीक्षण गर्दा १५११ र ४९५३ एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३४६, ललितपुरका ९४ र भक्तपुरका ५७ जना गरी ४९७ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३५५८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ६८ हजार ४४० जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८८९४ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया