यूट्यूबमा भाइरल बनेकी सुब्बाको शव दक्षिणकालीमा फेला
- असार ९, २०७८
- 0
काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर यूट्यूबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको प्रहरीले पुष्टि गरेको छ ।
उनको घर काभ्रे भएको प्रहरीले सूचना प्राप्त गरेको एक अधिकारीले जानकारी दिए । उनी कालोपुलमा एक धर्म बुबासँग बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको शव मंगलबार भेटिएको थियो ।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले पनि दक्षिणकालीमा फेला परेको शव सुब्बाको भएको पुष्टि गरेका छन ।
नेपाल प्रहरीका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरका अनुसार सुब्बाको टाउकोमा कुनै गहु्रंगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको अवस्थामा शव फेला परेको थियो ।
सुब्बाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुँवरले जानकारी दिनुभयो ।










