साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन सर्वोच्चको अन्तरिम आदेश
- असार ८, २०७८
- 0
सर्वोच्च अदालतले कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले कोभिशिल्डको पहिलो डोज लगाएका ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोपको व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोभिशिल्ड खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्तासम्ममा दोस्रो डोज खोप लगाइसक्नुपर्ने छ ।
गत फागुनमा नेपालका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएका थिए, तर १२ हप्ता नाघिसक्दा पनि दोस्रो डोज खोप कहिले लगाउने भन्ने सुरसार नै छैन ।
अर्जुनराज गिरीलगायतले सर्वोच्च अदालतमा ज्येष्ठ नागरिकलाई खोप माग्दै रिट दायर गरेका थिए । सर्वोच्चले सोही रिटमा सुनवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश र तत्काल खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







