आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो

निजी सवारीमा जोरबिजोर लागू, पसलहरू बारअनुसार खुल्ने
news-details

आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाइएको छ।

केही खुकुलो व्यवस्थासहित एक हप्ताका लागि निषेधाज्ञा आजदेखि लागू भएको छ।

आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको थियो।

आजदेखि उपत्यकाका निजी सवारी साधान जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न पाइनेछ।

यस्तै पसलहरु पनि बार अनुसार खोल्ने व्यवस्था गरिएको छ। आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान, अटोमोबाइल र त्यसका पार्टपुर्जाका पसल खोल्न पाइने छ।

यस्तै सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पसल खोल्न पाइने निर्णय गरिएको छ।

बार अनुसार खुल्ने पसल बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न पाइने छ। खाद्यान्न, फलफूल र तरकारी पसल भने यसअघि नै दैनिक बिहान ११ बजेसम्म खुलिरहेका छन्।

त्यस्तै, रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाइनेछ । निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल् पाइने छ । तर, शनिबार भने अत्यावश्यकबाहेक अन्य पसलहरू भने बन्द गर्नु पर्नेछ । खाद्यान्न पसलहरू भने हरेक दिन खुला हुनेछन् ।

तर शैक्षिक संस्थाहरू खुल्ने छैनन् । अनलाइन माध्यमबाटै पठनपाठन गरिने भएकाे छ । यसैगरी सभा, सम्मेलन, ठूला भाेजभतेर लगायन मान्छेकाे भीड हुने कार्यहरू निषेध नै गरिएकाे छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया