पार्टी छाडेका १४ जनाको पद मुक्त गर्न माओवादी केन्द्रको पत्र
- असार ७, २०७८
- 0
नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहका पार्टी छाडेका १४ जना जनप्रतिनिधिहरुलाई पदमुक्त गर्न निर्वाचन आयोगमा पत्र पठाएको छ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पाखेरेलका अनुसार विगतमा पनि सोही व्यवहोराको पत्र सो दलले निर्वाचन आयोगमा पठाइसकेको थियो ।
त्यसबेला केन्द्रीय समितिको अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रत्यायोजन गरेको थियो तर आयोगले पुनः केन्द्रीय समितिको बैठकको निर्णयसहित ताकेता गर्न भनेपछि सोमबार विहान बसेको केन्द्रीय समितिको बैठकले सो निणय गरेको उहाँले बताउनुभयो ।
आज विहान बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन आयोगमा सो पत्र पठाउने निर्णय गरेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देव गुरुङले बताउनुभयो । विगतमा पनि पार्टीले पत्र पठाए पनि निर्वाचन आयोगमा त्यसै रहेको थियो उहाँले जानकारी दिनुभयो । स्थानीय तहमा पनि विशेषगरी प्रदेश नम्बर २ का जनप्रतिनिधिहरुले दल परिवर्तन गर्नुभएको छ, उहाँले बताउनुभयो ।










