उपत्यकामा ५४८ सहित देशभर थपिए २४४२ संक्रमित, एकैदिन ३४५६ निको हुदा ५१ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५४८ सहित देशभर थप २४४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित कुल पोजेटिभ संख्या ६ लाख ४७ हजार ६५१ जना पुगेको छ ।

६ हजार ६७७ जनामा पीसीआर परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ४५०, ललितपुरका ५३ र भक्तपुरका २५ जना गरी ५४८ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३४५६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ५६ हजार ७९८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८७२६ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया