पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन

news-details

नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ।

मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान पाँच बजेतिर उनको निधन भएको हो ।

उहाँलाई कोरोना संक्रमण भएको थियो ।सुर्खेतमा कोरोना संक्रमणको उपचार गराइरहेका बिष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।

लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

उहाँ २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बन्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया