उपत्यकामा ३३८ सहित देशभर थपिए २४०१ संक्रमित, एकैदिन ३६६० निको हुदा ३४ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३३८ सहित देशभर थप २४०१ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित कुल पोजेटिभ संख्या ६ लाख ४५ हजार २०९ जना पुगेको छ ।

७ हजार १० जनामा पीसीआर परीक्षण गर्दा १६८८ र ४६८६ एन्टिजेन परीक्षणमा ७१३ जना गरी २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २०१, ललितपुरका ९३ र भक्तपुरका ४४ जना गरी ३३८ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३६६० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ५३ हजार ३४२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८६७५ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया